रविका चालकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयोः रबिले लेखे भावुक स्टाटस

रास्वपा सभापति रवि लामिछानेका निजि सवारी चालक दिल बहादुर थापा शम्भु को थप उपचारका लागि काठमाडौ ल्याइएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई चितवनबाट हेलिकप्टरमार्फत काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा ल्याइएको हो ।

चितवनस्थित रविको घरको छतबाट खसेर गम्भिर घाइते भएका चालक शम्भुको चितवनमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको अवस्था नाजुक रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

 

 

रवि लामिछानेले सामाजिक सञ्जालमा शम्भुलाई काठमाडौ ल्याउदै गर्दाको फोटो सार्वजनिक गर्दै भावुक स्टाटस लेखेका छन् । mउनले चितवनमा अवस्थित कलेज अफ मेडिकल साइन्सेस् सिओ एम एस पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत चिकित्सकहरुलाई भगवानको संज्ञा दिदै धन्यवाद ब्यक्त गरेका छन् ।

उनले स्टाटसमा शम्भुको स्वास्थ्य स्थिर तथा सुधारोन्मुख भएको खुलाएका छन् ।लामिछानेले शम्भुको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकहरु तथा आफुहरु आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको जानाकारी गराएका छन् ।

उनले लेखेका छन् ,

हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् सिओ एम एस पुरानो मेडिकल कलेज भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ ।

यस सम्वेदनशील घडिमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भिर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पुर्ण मेडिकल कलेज परिवार प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।

यस दौरान शम्भुको शिघ्र स्वास्थ्य लाभको लागि मानसिक, भौतिक तथा भावनात्मक सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरु प्रति हामी आभार व्यक्त गर्दछौँ ।

प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ,छिटो ठिक भएर फर्क मेरो भाइ। सिओएमएस अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन्। 

 

 

उनको कलेज अफ मेडिकल साइन्सेस् पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो । स्वास्थ्य स्थिती केहि स्थिर र सुधारोन्मुख भएपनि उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

विरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकको सल्लाहमा हेलिकप्टर मार्फत मेडिसिटी ल्याइएको जनाइएको छ ।
उनी सोमबार बिहान करिब पौने ४ बजे भरतपुर महानगरपालिका– ११ स्थित लामिछानेको घरको तेस्रो तलबाट खसेको अवस्थामा भेटिएका थिए। बिहान ३ः ५४ मिनेटमा घरको दोस्रो तलाबाट खसेर गम्भीर घाइते थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो।

प्रहरीका अनुसार चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। यसैबीच चितवन प्रहरीले घटना अनुसन्धानका लागि रास्वपाका महामन्त्री मुकुल ढकालका चालकलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ड्राइभर दिलबहादुर थापासँग आइतबार रातिसँगै सुतेका रास्वपा महामन्त्री ढकालका ड्राइभ कालुराम राजवंशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका ड्राइभर कालुराम राजवंशी र रवि लामिछानेका क्यामेरा मेन कुशल राईलाई प्रहरीले सोधपुछका लागि बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सभापति लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएपछि घटनाको छानबिनका लागि बोलाएको हो। तर, उनीहरुलाई नियन्त्रणमा लिने नलिने बारे सोधपुछपछि थाहा हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?