युवाले चाहे देशमा परिवर्तन ल्याउन सक्छन्ः सांसद पौवी

थम्मन थापा

गण्डकी प्रदेशका सांसद दिलमाया पौवीले युवाले चाहे देशको प्रणाली परिवर्तन गर्न सक्ने बताउनुभएको छ ।

ईन्द्रेणी युवा क्लवको चौथो वार्षिकोत्सव तथा नयाँ वर्ष मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पौवीले यस्तो बताउनुभएको हो । उहाँले यो देशमा जहाँनिया राणा शासनको अन्त्यदेखी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा युवाहरुको अतुलनीय भुमिका रहेको उल्लेख गर्नुभयो ।

पौवीले वालबिवाहको बेथिती देशैभर रहेको र त्यसले समाजमा विभिन्न खालका नकारात्मक समस्याहरु पैदा गरिरहेको हुँदा त्यसको न्यूनिकरणको लागि गण्डकी प्रदेश सरकारले आवश्यक गृहकार्य गरिरहेको समेत बताउनुभएको थियो ।

 

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष बल बहादुर खत्री, नुवाकोट समाज जापान नेपाल सम्पर्क समितिका संयोजक चिन्तामणी शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा देउराली युवा क्लव हिल प्रथम र गलकोट नगरपालिका वडा नम्वर ५ द्धितीय, भुपु भलिवल प्रतियोगितामा समाज कल्याण युवा क्लव धुस्तुङ प्रथम र गलकोट नगरपालिका वडा नम्वर २ तोरीखोला द्धितीय भएको क्लवले जनाएको छ ।

 

मेलामा आयोजित रत्यौली गीत प्रतियोगिता हातेमालो आमा समुह चमुवा प्रथम, टोल सुधार आमा समुह डाँडाखेत द्वितिय र भुमेस्थान आमा समुह नुवाकोट भएको छ । सो अवसरमा प्रायोजक तथा सहयोगदातालाई सम्मान गरिएको थियो । मेलामा स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रम इन्द्रेणी युवा क्लवका अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षता, क्लवका संस्थापक सदस्य विकास सुवेदीको स्वागत र सचिव ध्रुव सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?