रोल्पामा एक वडाध्यक्ष पक्राउ, अनुसन्धान गर्दै जादा पेस्तोलसमेत बरामद

रोल्पाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । गंगादेव गाउँपालिकाका अध्यक्ष चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको आरोपमा गंगादेव ४ का वडाध्यक्ष कृष्ण वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी श्यामकुमार सारूमगरले जानकारी दिनुभयो ।

 

उहाका अनुसार वडाध्यक्ष वलीलाई पक्राउ गरेर अनुसन्धान गर्दै जादा घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचना प्राप्त भएपछी प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल पनि बरामद गरिएको छ ।

’मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको डीएसपी मगरले जानकारी दिनुभयो । पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

 

जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताउनुभयो । वडाध्यक्ष वली विप्लव नेतृत्वको नेकपा हुँदै गत चुनावमा नेपाली कांग्रेस प्रवेश गरेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?