दाङमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका ७ निवासी २६ वर्षिय विशाल पुन र स्कुटी चालक बाँके जिल्ला कोहलपुर ११ घर भई हाल दंगिशरण ७ बस्ने ३२ वर्षिया सुनिता केसी रहेको प्रहरीले बताएको छ ।
आज दिउँसो १२ बजे दंगिशरण ७ बुटनिया चोकस्थित तुलसीपुरदेखि पश्चिम तर्फ जादै गरेको भे १ प ९६३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ६५५८ नम्बरको स्कुटी एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
घाइते दुवै जना मध्य मोटरसाइकल चालकको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने स्कुटी चालक सुनिताको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात कोहलपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।