कञ्चनपुरमा पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका -१ बैतडीकी १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

डुबेर गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

 

उनी बैतडीको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?