भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन। तपाईहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ। छिट्टै नेपालमै उपस्थित भएर आफ्नो स्वास्थ्य उपचार गर्छु। ’
अहिले उहाँको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको छ।
भिडियो
https://www.facebook.com/chandrabhandai/videos/766764588499864