बैतडीमा दुर्घटना पछि भागेका जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्ति राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नम्बरको जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
दुर्घटनालगत्तै भागेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई ढोल्यामोडबाट पक्राउ गरिएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।