प्रमुख प्रशासकीय अधिकृत पाण्डे सम्मानित

गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेलाई रेडियो श्रृङ्गेश्वरले सम्मान गरेको छ । सार्वजनिक सेवा प्रवाहमा संचार जगतसँगको उचित समन्वयको कदरस्वरुप उहाँलाई सम्मान गरिएको हो ।

 

रेडियो श्रृङ्गेश्वरको कार्यालयमा आज आयोजित एक कार्यक्रममा स्टेशन म्यानेजर ईश्वरी प्रसाद बस्यालले सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

 

सम्मान पश्चात् धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आमनागरिकमा हरेक विषयका सूचनाको पहूँच विस्तार गर्ने कार्यमा रेडियोसँगको सहकार्य प्रभावकारी पाईएकोे बताउनुभयो ।

 

त्यसअघि जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत रहेका पाण्डे २०७७ जेठमा गुल्मीदरबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई आउनुभएको हो । पाण्डेको हालै निर्वाचन आयोगमा सरुवा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?