कैलालीमा सुत्केरी मृत्युको विषयलाई लिएर राजमार्ग अवरुद्ध

कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका-२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

 

सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै मंगलबार पुनः राजमार्ग अवरुद्ध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?