दाङमा फेरि १६ बर्षे किशोरी बलात्कृत

दाङमा एक किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका –२ दमाचौर निवासी २१ वर्षका लक्ष्मण विकले तुलसीपुर –१८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई रातको ८ बजेको समयमा बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

घटना चैत्र १६ गते भए पनि प्रहरीमा उजुरी बिहीबार आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्यका जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

यस अघि पश्चिम दाङमा एक किशोरीलाई शिक्षकले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?