नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।
सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिनुभएको छ।
‘उहाँको अनुहारको छाला राम्रो हुँदै आएको छ। बायाँ हातको पट्टी खोलिइसकिएको छ। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूलाई उदृत गर्दै न्यौपानेले बताउनुभएके छ ।
दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। ‘दिनमा तीन–चार पटक हिँडाउन थालिएको र उहाँ अरुको सहयोगमा हिड्न सक्ने भएको उहाँको भनाई छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र हाँकी आमा हरिकला गम्भीर घाइते भएका थिए।
कीर्तिपुरस्थित वर्न अस्पतालबाट उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आमा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो।