धनुषामा दुई ट्रक एकापसमा ठोकिएका छन् । आज बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १( ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको घटनास्थलमा नै ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।