प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन लागेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि आफ्नो सम्बोधन गरिरहेका छन् ।
मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गरेको गठबन्धनको ठूलो दलका शीर्ष नेताले संसद विघटनलाई औचित्यपूर्ण बनाउने प्रयास गरेपछि अविश्वास बढेको बताए । प्रचण्डले राष्ट्रिय सहमति जुटाउने आफ्नो प्रयासलाई गठबन्धनका दलहरुले अस्वीकार गरेको जनाए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।