ललितपुरमा सरकारी मोटरसाइकल र साइकल एकआपसमा ठोक्किदा साइकल चालकको ज्यान गयो

ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकले साइकललाई ठक्कर दिदा साइकल चालककोज्यान गएको छ ।

शनीबार राति सवा ८ बजे ललितपुर महानगरपालिका(१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहले जानकारी दिए।

धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२(००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको हो।

काभ्रे बेथानचोक गाउँपालिका(२ घर भई ललितपुर(१७ भेल्पा सातदोबाटो बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिना घाइते भएका थिए।

उनको उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा सवा ९ बजे तिमिल्सिनाको ज्यान गएको हो ।

मोटरसाइकल चालक धुनिबेशी नगरपालिका(७का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन्।

उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ। उनी उक्त नगरपालिकामा कार्यरत कर्मचारी हुन्।

प्रहरीका अनुसार उनको अवस्था सामान्य छ। उनको दाहिने घुँडा र टाउकोमा चोट लागेको छ।

प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?