जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
तिला गाउँपालिका ४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया आफ्नी श्रीमती ममता नेपालीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुटपिटबाट घाइते भएकी ममता नेपालीको समयमै उपचार नहुँदा ज्यान गएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइते सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।