नवनिर्वाचित राष्ट्रपति पौडेल ले गरे सडक खाली गराएर पशुपतिनाथको दर्शन, विर्सिय आफैले गरेको बाचा ।

हिजो नै आफु राष्ट्रपति भए आम नागरिकलाई सास्ती हुनेगरि ट्राफिक जाम हुन नदिने वाचा गरेका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै वाचा बिर्सेर सडक खाली गराएर आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनी आज बिहान पूजाका लागि पशुपतिनाथ पुग्दा र त्यहाँबाट वीपीको शालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएको थियो ।सडक खाली गर्दा निकै बेर जाममा बस्नुपर्दा आम नागरिकले सास्ती खेप्नुपरेको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेतिर दर्शनका लागि पशुपतिनाथ पुगेका थिय । त्यहाँ उनले झण्डै डेढ घण्टा पूजा पुजा गरे। पशुपतिको दर्शनपछि साढे १० बजेतिर सुन्दरीजल गय । त्यहाँ उनले वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका हुन् ।

पौडेलको सवारीका लागि बायाँ लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?