राष्ट्रपति निर्वाचनको मतदान सकियलगत्तै मतगणना सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतगणना सुरु भएको हो ।
राष्ट्रपतिको लागी नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्प्रधामा छन् ।
आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो तीन बजे सकियको थियो । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।
मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भएको बताइएको छ ।
यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।