नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने कुरा बताएका छन्।
आज राष्ट्रपतिको निर्वाचनमा मत दिइसकेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने टिप्पणी गरेका थिय ।
तर एमालेले गत पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि एमालेसंग संसदको यो कार्यकालमा सहकार्य हुन नसक्ने थापाले बताएका हुन् ।