नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति उम्मेदवारलाई भोट नहाल्ने

नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ।

आज अध्यक्ष नारायणमान बिजुक्छेँको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर नभएकोले नेमकिपा राष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय गरेको पार्टीका सचिव प्रेम सुवालले निकालेको विज्ञप्तिमा उल्लेख छ गरिएको छ ।

नेमकिपाबाट प्रतिनिधि सभामा १ जना सांसद र प्रदेश सभामा ३ जना सांसद गरी कूल मतभार २२३ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?