पहाडि क्षेत्रमा हर्षोउल्लासका साथ होली मनाईदै , उपत्यकामा सभ्य बन्न थाल्यो होली पुर्णिमा

पार्बती भुसाल, काठमाडौं

आज फाल्गुुण शुक्ल चतुर्दशी तिथी अर्थात फागु पुर्णिमा । नेपालका पहाडि तथा हिमाली भुभागमा होली पर्व उल्लासका साथ मनाइदै छ । रगं नै रगंको पर्व भनेर चिनीने होली पर्व एकआपसमा रगं दलेर मनाईन्छ । आज काठ्मान्डौ उपत्यका लगायत देशका विभिन्न भागमा आज होलीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरियको छ ।

 

पहिले पहिले गाउँघरमा होलीको नीकै चहलपहल हुन्थ्यो । बच्चादेखि युवा र बृद्धसम्मका मानिसहरुले एकआपसमा रगं लगाई सुभकामना आदानप्रदान गर्ने गर्दथे तर अहिले गाउँका बस्तीहरु पातलिदै गएका छन् । पछिल्लो समय गाउँघरबाट शहरतीर बसाईसराइ गर्नेको संख्या बढ्दो छ । त्यसकारण गाउँघरमा होलीको रौनक पहिलेभन्दा कम छ । तर शहरतीर भने होलीको रौनक बिषेश हुने गर्छ । उपत्यकाको बसन्तपुर, टुडिखेल लगायत विभिन्न ठाउँमा होली खेल्नेको भिड हुने गर्छ ।

बसन्त ऋतुको आगमन संगै आपसि मेलमीलाप र सद्धभावनाको सन्देश लिइ आउने फागु पर्व परम्परापगत रुपमा विभिन्न रगं र लोला खेली मनाउने प्राचीन परम्परा छ । केहि वर्षअघि उपत्यकामा उत्श्रीखंल रुपमा मनाइने होली अहिले प्रहरिको सक्रीयतामा सभ्य रुममा मनाउन थालीयको छ । बाटोमा काम बिशेष हिडिरहेका मानीसहरुलाई इक्षा विपरित लोला हान्ने, रगं छ्याप्ने, अण्डा हान्ने जस्ता उत्ताउलो ब्यवाहर अहिले देखिदैन । सभ्य रुपमा होली मनाउन प्रहरीले समेत आग्रह गरेको छ ।
असत्य माथि सत्यको जीतको खुसियालीमा मनाइने होली पर्व को अवसरमा विभिन्न राजनीतीज्ञहरुले सुभकामना सन्देश ब्यक्त गरेका छन् । यस्तै रास्वपा का सभापति रवी लामिछानेले हिजो नै रास्वपाको घण्टिघर बसुन्धारामा पार्टिका पदाधिकारी तथा पत्रकारहरुसगं होली मनाएका छन् ।

 

त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका ब्यक्ति थिए । उनको नाम हिरण्यकशिपु थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरेका थिए । तपस्याबाट भगवान् अतिनै खुसी भएर बरदान माग्न भने । उनले यस्तो बरदान मागे की उनीलाई कसैले पनि मार्न नसकुन् ।
उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट नहोस ।अस्त सस्त्रबाट पनि मृत्यु नहोस ।

यस्तो अच्चमको बरदान माग्दा भगवानलाई अनौठो त लाग्यो होला तर उनको कठीन तपस्याका कारण ब्रम्हाले बरदान त्यस्तै दिए ।
जव बरदान पाए, त्यसपछि हिरण्यकशिपुले आफूलाई नै भगवान मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्लाहद भगवान विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे ।

आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् ।पटक—पटक धम्क्याउँदा पनि छोराले भगवान विष्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए ।
जसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन तर प्रल्हाद भने सकुशल रहे ।

पापी प्रवित्तिकी होलीकाको दहन भएको खुसियालीमा मनाइने यो पर्वमा चिर पोल्ने चलन छ । गाउँघरमा साँझ बारिमा चीर पोलेर खरानीको टीका लगाइन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।
फागु पर्वको अवसरमा सरकारले परम्परादेखि नै सार्वजनीक विदा दिदै आयको छ । तराइमा भने भोली होली मनाईदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?