गोबिन्द झाक्री, काठमाडौ
डा. बाबुराम भट्टराईले माओवादीहरु एकठाउँ तर नयाँ ठाउँमा जान प्रस्ताब गरेका छन । “माओवादी हरु फेरि सबै त्यहीँ ठाउँमा होईन सबै मिलेर नयाँ ठाउँमा जाउँ उनले भने” । पुर्व प्रधानमन्त्री समेत रहेका उनले माओवादी युद्ध मुलभुत रुपमा सफल भएको बताएका छन ।
काठमाडौ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । मलेसिया,थाईल्याण्ड, टर्की, पेरु,भारत लगायतका देशमा पनि माओवादी युद्ध भएपनी ती बिचैमा तुहिएको स्मरण गर्दै नेपालमा माओवादी युद्ध सफल भएको र यसको विश्राम पनि सहि भएको बताएका छन ।
यसका मुलभुत उद्देश्य प्राप्तीमा भने केही समस्या आएको उनले स्वीकार गरेका छन । “हामी शान्ति प्रक्रियामा आएपछी केही बिचलन भएको सत्य हो त्यसमा कहि प्रचण्ड जी को कमजोरी भयो होला केही मेरा कमजोरी भएका होलान” उनले भने । पहिलो संबिधान सभाबाट संबिधान बनाउन नसक्नु क्रान्तिकारीहरुको कमजोरी भएको उनले स्वीकार गरेका छन ।
“हामी एक भएर पहिलो संबिधानसभा बाट संबिधान बनाउन सकेको भए हामीले यो भन्दा राम्रो संबिधान बनाउन सक्थ्यौं हामीले त्यो बेला त प्रत्यक्षमा बहुमत ल्याएकै हो नि त्यसपछी हामी चुक्यौं” उनले भने । उनले मर्ने बेला सम्म आफै नेतृत्वमा टाँसीने प्रवृत्तिको बिरोध समेत गरेका छन ।
“माओ, स्टालिन पनि सधै सधै कुर्सीमा टाँसिएको आरोप लाग्छ यहाँ पनि त्यस्तै हुँदै छ अब युवाहरुले नेतृत्व लिनुपर्छ” उनले भने । अब हामी सधै त्यहीँ माओवादी नामको पुच्छर सधै बोकेर हिड्न आवस्यक नरहेको तर्क गर्दै नाममा माओवादी नरहेपनी हुने तर्फ संकेत गरेका छन ।