प्युठानमा बाटो खनिरहेको जेसिबीसगँ मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गयो

प्युठानमा बाटो खनिरहेको जेसिबीसगँ मोटरसाइकल ठोक्किदा ऐरावतीका राम बहादुर थापाको ज्यान गएको छ।

प्यूठानको बरौलाबाट बिजुवार आउदै गरेको मोटरसाइकल बाटो खनिरहेको जेसिबीसगँ ठोकिदा मोटरसाइकल चालक ऐरावती गाउँपालिका २ का अन्दाजी ५२ बर्षका राम बहादुर थापा गोपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ऐरावती २ कै बसन्ता आचार्य घाईते भएको र उनको उपचार जिल्ला अस्पताल बिजुवारमा भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?