सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

ग्यास लिक भएर भएको बिस्पोटमा गम्भिर घाइते भएर भारतमा उपचाररत नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

सासंद भण्डारीलाई आइविसियु (आइसियु) बाट एचसिडियु (हाइ केयर डिलक्स युनिट)मा सारिएको छ । बिहिबारबाट ठोस खाना पुनः सुचारु गरिएको छ । भण्डारीका दाजु मिन प्रसाद भण्डारीका अनुसार उहाँको अवस्थामा केहि सुधार आएको छ ।

बिहिबार केहि संक्रमण देखिएकाले एन्टीवायोटिक चलाइएको र एन्टीवायोटिकले राम्रो काम गरेको डाक्टरको भनाईलाई उदृत गर्दै उहाँले बताउनुभएको छ। नेशनल बर्नस् सेन्टर नबि मुम्बइमा भर्ना गरेको १५ दिन हुदाँ उहाका सबै पारामिटर सामान्य रहेका छन् भने ज्वरो आएको छैन। ग्राफ्ट गरेको छालाले राम्रो प्रतिक्रिया दिइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?