तेह्रथुमको हात्तीखर्कमा भीषण आगलागीः १४ घर जलेर नष्ट

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट अझ धेरै क्षति भएको हुनसक्ने आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभएको छ।

यो आगो हात्तीखर्क गाउँको बस्तीमा फैलिएको हो । आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटिएका गाउँपालिका अध्यक्ष पाहिमले बताउनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?