छत्रकोटका पाण्डे सहसचिवमा निर्वाचित

फाईल तस्बिर

आकाश सुबेदी बुटवल, फागुन ८ । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको आइतबार बुटवलमा भएको दोस्रो अधिवेशनबाट गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे सहसचिव पदमा निर्वाचित हुनुभएको छ ।

सहसचिव पदमा निर्वाचित भएपछि अध्यक्ष पाण्डेले गाउँपालिकाहरुको विकासका लागि केन्द्र र प्रदेश सरकारसंग समन्वय गरेर विकासका काम अघि बढाउने बताउनु भयो । उहाँले गाउँपालिका राष्ट्रिय महासंघले पालिकाहरुको अधिकारको लागि आगामी दिनमा अझै अघि बढ्ने प्रतिवद्धता समेत जनााउनु भयो ।

त्यसअघि आईतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले गाउँपालिका राष्ट्रिय महासंघ लुम्विनी प्रदेशको अधिवेशनको उदघाटन गर्नुभएको थियो । त्यस अवसरमा मुख्यमन्त्री गिरीले विकास र समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । मुख्यमन्त्री गिरीले जनताको ढोका अगाडि भएकाले स्थानीय तहले संघ र प्रदेशका योजनामा पनि चासो राख्नुपर्ने र समयमा पूरा गराउन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो क्षेत्रमा लागू भएका संघका योजना र आफूबाट बजेट विनियोजन भएका स्थानीय तहका योजनामा पनि चौमासिक विवरण माग्न र प्रगतिबारे जानकारी लिने गरेको भन्दै स्थानीय तहलाई पनि त्यसको सुरुवात गर्न आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?