पार्वती भुसाल,
रुपन्देही केपी ओलीलाई हजुर बुवा भनेर सम्मान गर्ने सामाजिक अभियन्ता दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो पटक खेदो खनेका छन । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले केपी ओलीले सधै त्यहीँ चुच्चे नक्सा देखाएर राष्ट्रबादी देखिन मात्रै खोजेको आरोप लगाएका हुन ।
युवाजती खाडी पठाएर बिना लिकको रेल नेपाल ल्याउने, नाङ्गो डाँडोमा भ्यु टावर बनाउने भन्दै उनले ओलीको उछितो काडेका हुन । कार्यक्रमलाई संबोधन गर्दै उनले तपाईको केन्द्रिय सदस्य पद आफै राख्नुस भन्दै केन्द्रिय सदस्य पद समेत त्याग गरेका छन । एमाले अध्यक्ष ओलीलाई आफ्नो पुर्व अध्यक्ष भन्दै संबोधन समेत गरेका छन । मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता प्रसाईले आफू गणतन्त्र ल्याउन भन्दै माओवादी लडाकु समेत बनेको प्रती माफ माग्दै पुन: २०४६ सालमा पुग्नै पर्ने बताएका छन ।
“सहि बाटो पहिल्याउन जहाँबाट बाटो बिराएको हो त्यहीँ पुग्नुपर्छ तसर्थ हामिले बाटो बिराएको २०४६ सालकै व्यवस्था पुन: फर्काउनु पर्छ” प्रसाईले भने । देशमा पुन: राजतन्त्र फर्काउनु पर्ने भन्दै राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियान सुरु गरेका प्रसाईले आज भैरहवामा आयोजित विशाल आम सभालाई संबोधन गरेका छन । आफ्ना हजुरबुवालाई कम्युनिस्टले भाला रोपेर मारेको स्मरण गर्दै उनले कम्युनिस्ट नेताहरुले जनता मारेर आफ्ना सन्तान बिदेशमा अध्ययन गराईरहेको बताएका छन ।