सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते हुनुभएका सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

भारतको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँ खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने योजना रहेको डाक्टर सुनिल केस्वानीले बताउनुभएको छ ।

यस्तै, भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरको भनाई छ ।

उहाँको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो । गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा आफ्नो निवासमा ग्यास सिलिन्डर लिक हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । उपचारका क्रममा आमा हरिकला भण्डारीको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?