छत्रकोट गाउँपालिका वडा नं ४ रुक्सेमा सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मी र बाली संरक्षण प्रयोगशालाको संयुक्त आयोजनामा छत्रकोट गाउँपालिका वडा नं ४ रुक्सेमा सुन्तला बगैचा उक्त कार्यक्रम भएको हो ।
४० जना कृषकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कृषकहरुले सुन्तलामा जरा र फेद कुहिने रोग, फल झर्ने समस्या, फलमा लाग्ने औंसा किराको व्यबस्थापनमा सहयोग गर्न कृषि ज्ञान केन्द्र संग आग्रह गरेका छन् ।
कृषकहरुका समस्याहरुका बारेमा बोल्दै कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नबराज भण्डारीले समाधानका कार्यक्रमहरु संचालन गरिने र श्रृङ्गा देखि रुक्से सम्म सुन्तला र कागती गाउँ स्थापनाका लागि गत आर्थिक बर्षमा सहयोग गरेको र यो बर्ष पनि निरन्तरता दिने बताउनुभएको छ। । उहाँले सुन्तला बालीमा मलखाद प्रयोग गर्दा अपनाउनु पर्ने बिधिका बारेमा समेत जानकारी गराउनुभएको थियो।
बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेका प्राविधिक उमाशंकर पाठकले बोर्डो मिक्चर र बोर्डो पेष्ट बनाउने बिधि प्रदर्शन गर्नु भएको थियो ।
छत्रकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष गुनाखर ज्ञवाली, क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका प्रमुख देवेश मिश्र, नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य रामचन्द्र कंडेल लगायत ४० जना कृषकको सहभागिता रहेको उक्त कार्यक्रममा कृषकहरुलाई फूट स्प्रेयर १ थान भर्याङ १ थान सिकेचर २१ आरी २१ निलो ६० चुना ११७ केजी सर्भो ४० लिटर मल्टिपेलेकस २० लिटर निःशुल्क वितरण गरिएको थियो ।