झरना कंडेल, काठमाडौ
नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीले लघुबित्तको ज्याजती बढिरहेको प्रती चिन्ता व्यक्त गरेका छन । प्रतिनिधिसभा सदस्य भण्डारीले सामाजिक संजाल मार्फत लघुबित्तको ज्यादति बन्द गर्न सरकार संग अपिल गरेका छन ।
आम संचार माध्यममा दिनहुँ लघुबित्तका कारण घरबास उठेको र कतिले आत्महत्या सम्म गरेको समाचार सार्वजनिक भैरहेको उल्लेख गर्दै नेता भण्डारीले यो बिकराल समस्या समाधानमा सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताएका छन ।
बिकास, सेवा र सहयोगका नाममा नागरिकको घरबास उठाउन नपाईने भन्दै उनले सरकार साझेदार जस्तो नदेखियोस भन्दै सरकारलाई सचेत समेत बनाएका छन ।
सामाजिक संजाल फेसबुकमा सांसद डा। भण्डारी लेख्छन नेपाली आम संचार जगतमा लघुबित्तको कारण ग्रामिण भेगका परिवार बिस्थापित हुने र बिशेषगरी महिलाहरुले आत्महत्या सम्म गरिरहेको समाचारहरु दिनहुँ सार्वजनिक भैरहेका छन ।
यो समस्या मेरो जिल्ला गुल्मीमा पनि बिकराल बनिरहेको छ । संचार जगतमा सार्वजनिक भएका यी समाचार सत्य हुन भने मुलुक र नागरिकका लागि यो ठूलो अपराध हो । समस्या समाधानका निम्ति मैले सरोकारवाला निकाय संग पटक पटक आग्रह गरिरहेको छु ।
बिकास, सेवा, र सहयोगका नाममा सोझा नागरिकको घरबास नै उठाउन किमार्थ पाईंदैन । सरकार र जिम्मेवार निकायहरुलेले यसको बिषयमा तत्काल ठोस कदम चालोस,जनता लुट्ने पेशाको साझेदारी जस्तो नबनोस १११ गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
कांग्रेस नेता भण्डारी सदन वा सार्वजनिक कार्यक्रममा आम जनताका समस्यामा दर्हो गरि बोल्ने नेताका रुपमा चिनिन्छन । गुल्मी निर्वाचन क्षेत्र न १ बाट निर्वाचित सांसद भण्डारीले लघुबित्त बाट आफ्नो गृह जिल्लाका नागरिक समेत प्रताडित बनेको उल्लेख गरेका छन ।