सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले सुरुङ खन्ने आधारस्थल निर्माण सुरु गरेको छ । सुरुङको डिजाइन भने अन्तिम स्वीकृतिका लागि अध्ययनमै रहेकाले फागुनदेखि सुरुङ नै खन्ने तयारी छ रहेको चिनियाँ कम्पनिका एक इन्जिनियरले बताएका छन् ।
सुरुङ निर्माणअघि प्रवेश र निस्कनेद्वारामा भौतिक संरचना निर्माण गर्नुपर्ने र पहिले रामापिथेकस पार्क नजिकै आधारस्थल बनाउन डोजरले खन्न थालेको बताइएको छ । सुरु भएको तीन वर्षमा निर्माण सक्ने फिल्डमा खटिएका चिनियाँ कम्पनीका इन्जिनियरहरुले बताएका छन् ।
चिनियाँ निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले अघिल्लो महिना सुरुङमार्गको ड्रइङ र डिजाइन बुझाइसकेको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्म बुझाउने समयसीमा तोकिएको थियो ।
निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्य पनि तोकिएकै समयमा हुने सडक विभागको भनाइ छ । स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पोरेसन एसडिसी ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेकाले गर्दा सहयोग दिइरहेको छ । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडीसीको प्राविधिक टोलीलाई पठाइएको छ ।
उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिने र चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।
सुरुङमार्ग निर्माणका लागि स्विस डेभलपमेन्ट कर्पोरेशन एसडिसिले प्राविधिक परामर्शदाताको रुपमा काम गरीरहेको र निर्माण कम्पनीले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ ।
निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रोइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागका उप–महानिर्देशक भिर्माजुन अधिकारीले बताउनुभयो ।
डिजाइन स्वीकृतिको काम आगामी एक–दुई हप्तामै पूरा हुने र फागुनबाट आयोजनाले निर्माण कार्य सुरु गर्ने उप–महानिर्देशक अधिकारीको भनाइ छ । सुरुङमार्गको एसडिसिको टिमले प्रारम्भिक अध्ययन गरेरको भएकाले आयोजनको परामर्शदाताको रुपमा काम गर्दै आएको छ ।
इपिसी मोडेलमा निर्माण गर्न सम्झौता भएको थियो । २ लेनको १ हजार १ सय २६ मिटरको सुरुङमार्गमा ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुने छ । १ मुख्य र ३ वटा वाइपास सुरुङमार्ग निर्माण हुने छ ।