अर्घाखाँचीको ढिकुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा आज अर्घााखाँचिको सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभएको छ ।