काठमाडौं टोखाका ३५ बर्षिय क्षेत्री तम्घासमा मृत फेला

गुल्मी सदरमुकाम तम्घासमा एक व्यक्ति मृत फेला परेका छन् । काठमाडौं स्थितटोखा नगरपालिकाको सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री बिहीबार तम्घासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनी रेसुंगा नगरपालिकाको छापटोलास्थित कोठा लिएर बस्दै आएका थिए । क्षेत्रीलाई साथीहरूले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधवराज खरेलले बताउनुभयो ।

भित्रबाट चुकुल लगाएको र पटकपटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा बिस्तारासहितको खाटमा मृत अवस्थामा फेला परेको खरेलको भनाई छ । घटनाबारे अनुसन्धान जारी रहेको निमित्त प्रमुख खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?