संघीय संसद भवन अगाडि मङ्गलवार आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै बुधबार गुल्मीमा सरकारविरुद्ध प्रदर्शन भएको छ । स्थानीय युवा रोशन सिंह ठकुरीको नेतृत्वमा सदरमुकाम तम्घासमा सचेत युवा समुहले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी विभिन्न माग राख्दै बिरोध प्रदर्शन गरेका हुन ।
लगानीको ग्यारेन्टी गर, बैकिङ्ग ब्याजदर आतंक बन्द गर, आचार्य परिवारलाई न्याय दे , रोजगारीको अवसर सिर्जना गर लेखेका प्लेकार्ड सहित युवाहरू विरोधमा उत्रिएका थिए ।