गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक बालक गम्भीर घाइते

बासुदेव पोखरेल गुल्मी

गुल्मीमा करेन्ट लागेर एकजना बालक गम्भीर घाइते भएका छन ।

जिल्लाको धुर्कोट गाउँ पालिका वाड नम्बर १ नयाँगाउँ किम्पानी निवासी अन्दाजी पन्ध्र बर्षिय सुमन राना गम्भीर घाइते भएको वाड न एकका वाड अध्यक्ष चेतमान कुवरले जानकारी दिनुभएको छ ।

मानसिक सन्तुलन कमजोर रहेका राना दिउँसो करिब चार बजेतिर घर नजिकै रहेको वैद्युत पोलमा चढ्ने क्रममा करेन्ट लागेको थियो । पोलमा चढेका राना बीस मिटर माथी देखि खस्दा हात र मुखमा चोट लागेको नयाँगाउँ प्रहरी चौकी इन्चार्ज बच्छराज यादबले बताउनुभएको छ । करेन्ट लागेर गम्भीर घाईते भएका रानाको पारिवारकोआर्थिक अवस्था समेत कमजोर रहेकोले आर्थिक सहयोग गरि उपचारको लागि जिल्ला अस्पताल गुल्मी पठाईएको अध्यक्ष कुवरले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?