जब सम्झीए विमान दुर्घटनामा ज्यान गुमाएकाहरुलाई ..

पोखरामा यती एयरको विमान दुर्घटना भएको आज एक साता भएको छ ।आज तमु ल्होसारको अवसरमा गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका को मृत आत्मा शान्तिको कामनासहित दुर्घटना स्थलमा दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ ।

गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष शिर लामा गुरुङको संयोजनमा आज पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो ।

अकल्पनीय दुर्घटना भएको स्थानमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास रहेकाले फेरि त्यस्तो दुर्घटना नदोहोरियोस भन्ने कामना सहित उक्त पुजा गरिएको अध्यक्ष गुरुङ ले बताउनुभयो ।

उक्त पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको सँख्यामा दर्शकहरुको सहभागिता थियो ।

बौद्ध धर्म अनुसार दर्दनाक दुर्घटना हुने ठाउँमा मृतआत्माको चिर शान्तीको कामनासहित सियुँ मास्ने पूजा पाठ तथा दिप प्रज्वलन गर्ने प्रचलन रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?