
बागलुङको ताराखोला गाउँपालिका ३ हिल सादिमा शनिवार विहान एक घरमा आगलागि भएको छ ।
हिल सादि स्थित मोहन भट्टचनको घरमा विधुत सर्ट भई आगलागि भएको वडा न ३ का वडा अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
आगलागी भएको घरमा मानविय क्षति नभएकोे बताइएको छ, थप क्षति विवरण आउन बाँकी छ ।
आगलागि भएको घर मा तारा ५ नाङ्गिका भविलाल विक कोठामा र ताराखोला ३ होराका खडक बहादुर चोखाल ले किराना पसल गर्दै आएका थिए ।
३ तलेघरमा रहेका खाद्यान्न , भाडाकुडा , पसलका सम्पुर्ण सामान नष्ट भएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरिक्षक राम नारायण चौधरिले जानकारी दिनुभयो ।