आगामी सोमबार रातिदेखि बिहिबारसम्म सामान्य तथा मध्ययम बर्षा हुने भएको छ । सोमबार पश्चिम नेपालबाट सुरु भएर बिहिबार सम्म काठमाण्डौ लगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताउनुभएको छ। हिमाली भेगमा भने मंगलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।
यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको उहाँको भनाई छ । मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।
हिउँदमा पानी कम पर्दा सुख्खा बढेको छ । यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुको साथै वहुआयामिक असर पर्ने जलवायु एवम् विपतविज्ञ धर्मराज उप्रतीले बताउनुभयो । हिउँदमा पानी कम पर्दा पानीका मुहानहरु सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्ने लगायतका समस्या आउने उप्रेतीले बताउनुयो ।