
गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले बताउनुभएको छ ।
गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्न बाताबरण सिर्जनाको लागि गाउँपालिको पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । उहाँले गाउँमै जागिरको तयारी गर्नको लागि माघ ११ गतेदेखि कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो । युवाहरु बैदेशीक रोजगारका लागि भैरहेको पलायनलाई कम गरी देशमै रोजगारीमा आर्कषित गराउने उद्धेश्यका साथ उक्त कक्षा संचालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।