सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश


क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

 

अदालतको आदेशपछि पत्रकारसँगको कुराकानीमाअधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर सन्दीप निस्किने बताउनुभयो ।

 

यसअघि गएको कात्तिक १८ गते काठमाण्डौ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ,उक्त आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?