शाईन रेसुङ्गा बैंक खर्ज्याङ्गले दियो जाडोमा न्यानो

 

भुवन भुसाल, गुल्मी

शाईन रेसुङ्गा बैंक खर्ज्याङ्ग शाखाले जाडोमा न्यानो बितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काउले आधारभुत बिधालय छत्रकोट ६ का सबै बिधार्थीहरुलाई न्यानो स्विटर बितरण गरेको छ ।

 

 

शाईन रेसुङ्गा बैंक खर्ज्याङ्ग शाखा प्रवन्धक बिष्णु बिकेका अनुसार आफ्नो सेवा क्षेत्र भित्र रहेको तुलनात्मक रुपमा बिपन्न बिद्यार्थीले अध्ययन गर्ने बिधालयमा न्यानो कपडा बितरण गरिएको हो । आर्थिक हिसाबले केही कमजोर बिद्यार्थीहरुलाई यो न्यानो कपडाले केही भएपनी राहत मिल्ने उद्देश्यले स्विटर बितरण गरेका हौं , यो हाम्रो सामाजिक उत्तरदायित्व पनि होू शाखा प्रवन्धक एवं न्यानो कपडा बितरण कार्यक्रमका अध्यक्ष बिष्णु बि।के ले भन्नुभयो ।

 

 

छत्रकोट गाउँपालिका वार्ड न ६ दौघाका वडा अध्यक्ष नारायण रेश्मीको प्रमुख आतिथ्यता, छत्रकोट गाउँपालिका कार्यपालिका सदस्य कमल ज्ञवाली, पुर्व वडा अध्यक्ष थम्मन बहादुर ज्ञवाली, वडा सदस्य संगिता नेपाली, नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्रधानाध्यापक लक्ष्मण ज्ञवाली, दौघाहरी आधारभुत बिधालयका प्रधानाध्यापक कालिदास आत्रेय, काउले आधारभुत बिधालयका प्रधानाध्यापक हरिकला नेपाली, बिधालय व्यवस्थापन समिती अध्यक्ष बिक्रम नेपाली, शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर नेपाली, छत्रकोट गाउँपालिका वार्ड न ६ का प्राबिधिक मनोज पाण्डे लगायतको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको हो ।

 

 

एक औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले शाईन रेसुङ्गा बैंकको सत्कर्मको खुलेर प्रशंसा गरेका थिए भने न्यानो कपाडा पाउँदा बिद्यार्थी दंग परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?