पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले मूल्य घटाएको हो ।

 

 

यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ ।

 

 

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?