पाल्पाको खुर्सानेमा बस दुर्घटना हुदा ६ जनाको मृत्यु १६ घाईते

 

सालझन्डी ढोरपाटन सडक खण्ड अन्र्तगत पाल्पाको रैनादेवी छहरा गाउँपालिका, खुर्सानेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा परि १६ जना घाइते भएका छन् ।

गएराति रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पा रैनादेवी खुर्साजे आउदै गरेको ग १ ख ४९७७ नम्बरको बस बुढीदमार नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले उद्दारमा समस्या भएको थियो । मृत्यु हुनेमा पाल्पा रैनादेबी ८ छहराका ५४ बर्षिय खीमकुमारी राना, ११ बर्षिय सरुमाया घिमिरे, ३३ बर्षिय निर्मला घिमिरे, ४५ बर्षिय बुनु गाहा, २१ बर्षिय दान कुमारी खत्री र १९ बर्षिय बिना पाण्डे रहेका छन्।

घाइते सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?