भुवन भुसाल, गुल्मी
होटल पौवाले आफ्ना ग्राहकलाई निशुल्क कफि उपलब्ध गराउने भएको छ । स्थापनाको छोटो समयमै स्वाद र सेवाका कारण चर्चामा रहेको होटल पौवाले आफ्नो होटलमा आउने ग्राहकलाई निशुल्क कफि दिने भएको हो ।
गुल्मीको रेसुङ्गा देखि जुम्ला सम्म गरेर ११ ठाउँमा शाखा स्थापना गरेको पौवा होटलमा फागुन १ गते सम्म कफि पिएको पैसा तिर्नु नपर्ने पौवाका ब्राण्ड प्रमुख बिष्णु भण्डारीले जानकारी दिनुभयो । ूहामी हाम्रा ग्राहकलाई ग्राहक भन्दा बढी पाहुना मान्दछौं, जाडोमा निशुल्क कफिले स्वागत गर्नु हाम्रो व्यवसाय भन्दा बढी संस्कार होू भण्डारीले भन्नुभयो । पौवाले गएको ५ बर्षदेखी जाडोमा पौवाको न्यानो उत्सब संचालन गरिरहेको छ । पौवाका सबै शाखाबाट गरेर दैनिक करिब ७ सय जनाले यो सेवा लिईरहेको होटल पौवाले जनाएको छ ।
रुपन्देही बाट सेवा सुरु गरेको होटल पौवाले परम्परागत खाना मात्र होईन मौलिक पोशाकको समेत संरक्षण गर्दै युवाहरुमा आकर्षण बढाउने काम गरेको छ । पहाडमा आमाले पकाएकै स्वादमा मकैको आटो देखि आधुनिक खानाका परिकार र सहज सरल र गुणस्तरीय सेवाका कारण पौवा ग्राहकको रोजाईमा पर्ने गरेको यस्का ग्राहकहरु बताउँछन ।
२०७३ सालमा स्थापना भएको पौवाले हाल लुम्बिनी प्रदेशको बुटवल,भैरहवा, पाल्पा, रेसुङ्गा, गुरुसिङ्गे, लमही, घोराही र भालुबाङ्ग त्यस्तै गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको धनगढी र जुम्ला बाट सेवा दिईरहेको छ ।