छत्रकोट – भालुपानी जिपलाईन बन्दै, सम्भाब्यता अध्ययन सम्पन्न

भुवन भुसाल, गुल्मी

छत्रकोट गाउँपालिकाले तयार गर्न लागेको जिपलाईनको सम्भ्याब्यता अध्ययनको काम सम्पन्न भएको छ ।
छत्रकोट–३ स्थित चोयगा मन्दिर देखि भालुपानी भगवती मन्दिर सम्मको जीपलाईन  संचालन सम्भ्यवता अध्ययन सम्पन्न भएको छ ।

 

 

अब डि.पि.आर. तयारी सुरु गरिँने छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनुभयो । छत्रकोट गाउँपालिकाको चोयगा क्षेत्र, भालुपानी क्षेत्र र लुम्छा बजार क्षेत्रलाई प्रतक्ष्य फाईदा पुग्नेगरी तयार गर्न लागिएको जिपलाईन बन्ने भएपछी यहाँका स्थानियमा उत्साह छाएको छ।

 

पछिल्लो समय साहसिक खेल अन्तर्गत युवापुस्ता माझ प्रीय बनेको जिपलाईन बनेपछी यहाँको पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने स्थानियको अपेक्षा छ । मंगलबार छत्रकोट गाउँपालिका अध्यक्ष पाण्डेयले आफ्नै उपस्थितिमा प्राबिधिक टिम ल्याएर सम्भ्याब्यता अध्ययन गराउनुभएको हो ।

 

यो जिपलाईनले केबल शाहसिक खेलको मात्रै प्रवर्द्धन गर्ने छैन यसले त छत्रकोट गाउँपालिकाका २ एतिहासिक र धार्मिक क्षेत्रलाई समेत जोड्नेछू अध्यक्ष पाण्डेले भन्नुभयो । सर्भे गर्ने प्राबिधिक टिम संगै भालुपानी आउनुभएका अध्यक्ष पाण्डेले पालिकालाई ५ बर्ष भित्र बिभिन्न आयाम बाट बिकास गरि अपेक्षित लक्ष्य प्राप्तीका निम्ति आफू लागिरहेको र यसमा सबैको साथ अपरिहार्य रहेको समेत बताउनुभयो ।

 

यो जिपलाईन करिब १ हजार १ सय मिटर लम्बाईको हुनेछ । जिपलाईनबाट उत्तरमा हिमशृङ्खला देख्न सकिन्छ भने, पाल्पा अर्घाखाँची , लगायतका जिल्लाका विभिन्न भाग समेत हेर्दै शाहसिक यात्रा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?