भुवन भुसाल, गुल्मी
दोश्रो मजुवा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आजदेखी सुरुभएको छ । चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवाको भुजुङ्गे बगरमा आज एक कार्यक्रमका बिच महोत्सवको उदघाटन गरिएको हो ।
सांस्कृतिक कार्यक्रम, खेलकुद संगै व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सब चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशीले उदघाटन गरेका हुन । महोत्सवमा वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, सी लेभल खुल्ला ब्याटमिन्टन प्रतियोगिता, खुल्ला भेट्रान्स ब्याटमिन्टन प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता संचालन हुनेछन ।
१० गते सम्म चल्ने महोत्सवमा ख्यातिप्राप्त कलाकारको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।