मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका ४ एक्लेभट्टी पाक्लिङ पुल नजिक आज गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ।
गुल्मीबाट शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ना१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका ७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटना स्थलबाट अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम पुगेको बस आज बिहान करिब ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर विद्यार्थीको मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको छ ।
प्रहरीका अनुसार बसको ढोकाबाट खसेको विद्यार्थी गम्भीर घाइते भएको र अस्पतालमा पुर्याउँदा मृत्यु भएको थियो । शैक्षिक भ्रमणमा निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक शिक्षिका र चालक र सहचालक सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।