घरायसी विवाद पर्दा छोराले बुबाको हत्या गरेका छन् ।रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् ।
आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेको प्रहरीले जनाएको छ ।
काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै ज्यान गएको र सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।