भुवन भुसाल, भदौ १६ गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आज सार्वजनिक बिदा दिईएको छ । हिन्दु धर्मावलम्बीको महान पर्व ऋषि पञ्चमीको अवसरमा पालिकाले सार्वजनिक बिदा दिएको हो ।
हिजो एक सार्वजनिक सुचना जारी गर्दै पालिकाले सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । यस क्षेत्रमा ऋषि पञ्चमी पर्व धुमधामका साथ मनाईन्छ । बिहानै खोला,तलाउ वा नदिमा स्नान गरि ३ सय ६५ दत्तिवनले दात माझी विधि पुर्वक सप्तऋषिको पुजा गर्ने भएकाले आज बिहान सबेरै देखि यहाँका महिलाहरु व्यस्त हुने गर्दछन । “बिहानैदेखि महिला दिदिबहिनी पुजामा ब्यस्तहुनुपर्ने, दाजुभाई पुजा सामाग्री तयारि गर्न र घरको काममा व्यस्त हुनुपर्ने भएकाले आज सार्वजनिक बिदा दिएका हौं” पालिका अध्यक्ष यदु ज्ञवालीले भन्नुभयो ।
सप्तऋषिको पुजा सम्पन्न गरेपछी दिनभर सबै जम्मा भएर तिजका गित गाउँदै पर्व मनाउने चलन छ । ऋषि पञ्चमी अर्थात आज देखि नै यो बर्षको तिज समापन हुन्छ ।