गुल्मीदरबार गाउँपालिकामा सार्वजनिक सुनुवाई

भुवन भुसाल ,
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । पालिकाको आयोजना , प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग र अपांग शसक्तिकरण एवं संचार केन्द्र ( डेक नेपाल ) बाँकेको सहजीकरणमा सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुमै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले पालिकाले हाल सम्म संचालन गरेका महत्वपूर्ण कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा , उपाध्यक्ष तारा थापा ढेंगा , राजनैतिक दलका प्रतिनिधि , सबै वडा अध्यक्षहरु , युवा , विद्यार्थी , व्यवसायी लगायतको सहभागीता रहेको थियो ।

 

बोल्दै युनाईटेड हेल्थ एन्ड फिटनेस क्लबका अध्यक्ष इन्द्र थापाले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेको आरोप लगाउनुभयो । वहाले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सुझाब दिनुभयो । सार्वजनिक सुनुवाईमा बोल्दै वहाले बर्षमा एक दुई पटक मात्रै गाडी गुड्ने बाटाहरु अनावश्यक खोलेको भन्दै नयाँ बाटो खोल्नुको सट्टा गुणस्तरमा ध्यान दिन सुझाब दिनुभयो ।

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफदेही वक्ताहरुले उत्तर दिनुभएको थियो । कार्यक्रमको सहजीकरण डेक नेपालका गुणानिधी शर्माले गर्नुभएको थियो ।

सुशासनको महत्वपूर्ण सुचकको रुपमा रहेको जनताले जान्न पाउने अधिकारलाई सुरक्षीत गर्न पालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?