छत्रकोट गाउँपालिकाले ल्यायो साढे ५५ करोडको बजेट , स्वास्थ्य,शिक्षा , रोजगारी प्राथमिकतामा

बिश्वनाथ पाण्डे , असार १० गुल्मी छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५१ लाख ७ हजार ४ सय ७१ रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको अध्यक्षतामा गाउँपालिकामा शुक्रबार आयोजित १२ औँ अधिवेशनको बजेट प्रस्तुतीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले आगामी आर्थिक वर्ष ०७९ ०८० का लागि उक्त बजेट प्रस्तुत गर्नुभयो ।

चालुतर्फ ३३ करोड ८४ लाख ६५ हजार ७ सय ९४ रुपैयाँ र पूँजीगतर्फ २१ करोड ६६ लाख ४१ हजार ६ सय ७७ रुपैयाँ विनियोजन गरिएको छ ।
छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५१ लाख ७ हजार ४ सय ७१ रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको अध्यक्षतामा गाउँपालिकामा शुक्रबार आयोजित १२ औँ अधिवेशनको बजेट प्रस्तुतीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले आगामी आर्थिक वर्ष ०७९ ०८० का लागि उक्त बजेट प्रस्तुत गर्नुभयो ।
चालुतर्फ ३३ करोड ८४ लाख ६५ हजार ७ सय ९४ रुपैयाँ र पूँजीगतर्फ २१ करोड ६६ लाख ४१ हजार ६ सय ७७ रुपैयाँ विनियोजन गरिएको छ ।

तत्काल एम्बुलेन्स खरिद गर्ने प्रयोजनका लागि ४५ लाख रुपैयाँ छुट्याईएको छ भने उद्यमीका लागि ब्याज अनुदानका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
गत मंगलबार सार्वजनिक नीती तथा कार्यक्रमअनुसार स्वास्थ्य, रोजगारी, कृषि, शिक्षा, पूवाधार विकास, सुशासन लगायतका पक्षलाई प्राथिमकतामा राखी बजेट ल्याईएको छ ।

कुषि बीमा अनुदानका लागि २० लाख,नि शूल्क विद्युत मिटर जडान गर्न १ लाख र ६ वटै वडामा विद्युत महशुल छुट गर्न १२ लाख रुपैयाँ छुट्याईएको छ ।
स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार नारालाई साकार पार्दै सन्तुलित रुपमा वडागत विकास गर्ने र उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्दै आत्मनिर्भर छत्रकोट स्थापना गर्ने बजेटको उद्धेश्यमा समेटिएको छ ।

सडक विस्तार तथा स्तरोन्नती, युवालाई स्वरोजगार कार्यक्रम, १५ शैयाको अस्पताल निर्माण, विपन्नको औषधिउपचारमा सहुलियत लगायतका लोकप्रिय कार्यक्रम समेटेर तयार गरिएको बजेटले निर्वाचनका समयमा गरिएका प्रतिबद्धता पुरा गर्न खोजेको देखिन्छ ।
स्थानीय उत्पादनमा वृद्धि गर्न किसानलाई दिईने अनुदानमा वृद्धि गर्नुका साथै तरकारी संकलन केन्द्र र बजार व्यवस्थापनका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा विद्यार्थी भर्ना अभियानदेखि शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक क्षमता विकास, प्रोत्साहन तथा भ्रमण तालिम लगायतका कार्यक्रम समेटिएका छन् । बालशिक्षाका शिक्षिका र विद्यालय कर्मचारीहरुको तलब मासिक एक हजारका दरले बढेको छ ।

प्रशासकीय भवनको डि पी आर तथा निमार्णदेखि वडा नं ३ को वडा कार्यालय निर्माण, स्तरोन्नतीदेखि सरकारी कार्यालय मर्मतका लागि पनि उल्लेख्य बजेट परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?